आइतवार, बैशाख १६, २०८१

उदयपुरमा अलैँची खेती गर्ने कृर्षक बढ्दै

उदयपुर, चैत्र २ । उदयपुरको ग्रमिण क्षेत्रका कृषकहरु व्यावसायिक अलैंची खेती तर्फ आर्कषित हुँदै गएका छन् । मसलाको रुपमा प्रयोग हुने अलैंचीले बजारमा पछिल्लो समयमा केही राम्रो मूल्य पाउन थालेपछि कृषकको यसको खेतीमा आकर्षित हुन थालेका हुन । जिल्लाको विशेष गरेर उच्च पहाडी क्षेत्र मानिने हर्देनी, मयाँङखु, लिम्पाटार, ओख्ले, ईनामे, लेखगाँउ, रौता, आँपटार लगायतका जहाँ बाह्रैमासे रुपमा चिसियान भईरहने गाँउ विकास समितिका कृषकहरु अर्लैची खेतीमा गर्न लागि परेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालिविकास अधिकृत रामसेव ठाकुरले बताए । सरकारी तथा गैर सरकारी निकायकै पहलमा कृषकहरुलाई अलैंची खेतीमा विभिन्न प्रकारकारका प्रविधिक सहयोगा हुन थालेपछि कृषकको अकर्षण विस्तारै बढ्दै गाएको अधिकृत ठाकुरको भनाई छ । उनका अनुसार जिल्लामा पछिल्लो पटक मसला वलीमा पर्ने लसुन, अदुवा खुर्सानी, सँगै अलैचीमा कृषकको आँखा पर्ने गरेको छ । कार्यालयले तयार पारेको आर्थिक वर्ष ०७०÷०७१ को तथ्यङ्कअनुसार २६ हेक्टरमा १६ दशमलव १२ मेट्रिकटन उत्पादन भएको छ । चालु आर्थिक वर्षको केही मात्रमा बढेको छ ।
केही समय अगाडी पूर्वाञ्चल विकास क्षेत्र अन्तर्गत पर्ने मेची र कोशी अञ्चलका मध्य पहाडी जिल्लाहरुमा सुरु भएको थियो । अहिले पहिछल्लो सयमा पुर्वका अधिकाँश पहाडी जिल्लाका कृषकहरुले खेती गर्न थालेका छन् । इलाम जिल्लाले अलैँची खेतीमा प्रमुख स्थान भएकाले उदयपुरका कृषकहरुले विभिन्न संघसँथाको सहयोगमा वर्षाको समयमा ईलाम, धनकुटाबाट विरुवा खरिद गरेर ल्याई रोप्ने गरेको राष्ट्रिय कृषक समूह महासंघ नेपालका उदयपुरका सचिव कुशल राउतले बताए । उनले विभिन्न ससहयोगी दाताको सहयोगमा महासंघलेनै ल्याएर गएको वर्ष समेत ठूलो संख्यामा विरुवा हर्देन, सिरिसे लगायतका कृषकलाई वितरण गरेको जानकारी दिए ।
सुदूर पूर्वबाट शुरुवात भए पनि हाल आएर अधिराज्यका विभिन्न करिब ४० जिल्लाहरुको अन्दाजी १३ हजार ७ सय ८४ हेक्टर भए पनि उत्पादन भने १२ हजार १५ हेक्टर रहेको खेती हुने गरेकोक छ । अलैंची खेतीको कुल उत्पादन भने सात हजार ८७ मट्रिकटन रहेकोे छ । नेपालमा खेती गरिने नगदे बालीहरुमध्ये अलैँचीको स्थान पनि महत्वपूर्ण बन्दै गईरहेको छ । आन्तरिक खपतको साथै बाह्य बजारमा समेत निकासी गरिने भएकोले निकासी व्यापारमा टेवा पु¥याई विदेशी मुद्रा आर्जन गर्ने एक पंमुख श्रोत हुन मानिन थालेको जानकारहरुको भनाई छ । यस खेतीको लागि चिस्याइलो र ओसिलो जमिन बढी उपयुक्त हुने भएकोले प्रायः पहाडका सिमसार र खोल्साहरुमा यसको खेती गरिन्छ । -बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७१