शनिबार, बैशाख १५, २०८१

बेहुली झै विदाई भए कृषिबाट जयमुकुन्द खनाल

काठमाडौं,  चैत्र । परम्परागत रुपमा गरिँदै आईरहेको कृषि क्षेत्रलाई व्यवसायिकरण गर्नका लागि निकै नै चुनौति रहेकोले त्यसलाई सामना गदैै अगाडि बढ्न सचिव जयमुकुन्द खनालले आग्रह गरेका छन् । कृषि विकास मन्त्रालयद्धारा आयोजित विदाई कार्यक्रममा बोल्दै सचिव खनालले सो कुरा बताएका हुन् । आफ्नो जागिरे जीवनको अविष्मरणीय क्षणका रुपमा कृषि विकास मन्त्रालयमा काम गर्दाको समय भएको बताउँदै कृषि क्षेत्रको विकासका लागि अझै धेरै गर्न वाँकी रहेको समेत उनले बताए ।

DSC05405 (2)
कृषि क्षेत्रका बारेमा बाहिर जे जस्ता नकारात्मक टिप्पणी हुने गरेको भएपनि त्यसलाई सकारात्मक रुपमा बदल्नु पर्ने चुनौती कृषि विकास मन्त्रालय र मातहतमा कार्यरत कर्मचारीहरुको काँधमा आएको समेत उनले बताए । १२ हजार भन्दा बढी कर्मचारी रहेको मन्त्रालय कृषि विकास मन्त्रालय प्राविधिक मन्त्रालय भएको र खाद्य सुरक्षाका दृष्टिकोण पनि महत्वपूर्ण मन्त्रालय रहेकोले सवै क्षेत्र र तहमा रहेर काम गर्नेहरुले सकारात्मक सोचले कृषि क्षेत्रको विकासका लागि काम गर्नु पर्ने बताए ।

DSC05399 (2)
विदाई कार्यक्रममा बोल्दै खनालले २ बर्ष ५ महिना १५ दिन अगाडि कृषि विकास मन्त्रालयको सचिव पदको जिम्मेवारी सम्हाल्दा प्राविधिक मन्त्रालय भएकै कारण काम गर्न नसकिने हो भन्ने आशंका आफूमा पैदा भएकोले सोही कुरा तत्कालिन कृषि सचिव डा. गणेशराज जोशीलाई आफूले भनेको स्मरण गर्दै मन्त्रालय तथा मातहतका कर्मचारीहरुको सहयोगका कारण कृषिका क्षेत्रमा स्मरणीय योग्य कार्यहरु गर्न मन्त्रालय सफल भएको बताउनु भयो ।
कार्यक्रममा मन्त्रालय प्रवक्ता एवं सहसचिव डा. उदयचन्द्र ठाकुरले गतबर्ष बर्डफ्लुको महामारीको अवस्थामा दिनरात नभनि सचिवm स्वयं खटिएका कारण नै त्यसलाई निराकरण गर्न सकिएको बताए । उपत्यका लगायत अन्य जिल्लामा फैलिएको महामारीका कारण अत्यन्तै चिन्तित मात्र नभई मध्यरातसम्म पनि स्थलगत रुपमा नै पुगेर समस्या समाधान गर्न खेलेको भूमिका कृषि विकास मन्त्रालयका लागि सवैभन्दा स्मरणीय योग्य भएको समेत बताए ।DSC05393 (2)

खनाल सचिव भएर आएदेखि कृषि विकास मन्त्रालयले किसानका पक्षमा गरेका नीतिगत कुराहरुले मन्त्रालयलाई कार्यक्रम गर्न सहज मात्र होइन किसानहरुका लागि पनि फाइदा पुगेको प्रवक्ता ठाकुरले बताए । कृषि बीमा होस् या विभिन्न नीति तथा कार्यविधि ल्याउनका लागि पनि सचिवले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । विगतमा कार्यालय समयमा नै हुने वैठकका कारण सेवाग्राहीहरुको सेवामा अवरुद्ध हुने भन्दै कार्यालयको वैठक पनि कार्यालय समय अगाडि वा पछाडि गर्ने परिपाटीको शुरु गरी महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । DSC05395 (2)
डा. ठाकुरले क्षतिपूर्ति सहितको नागरिक वडापत्रको कार्यान्वयन, रसायनिक मलको अभावको अन्त्य गर्ने कुरामा अत्यन्तै दूरगामी सोचले कार्य गरेरको प्रशंशा समेत गरेका थिए ।DSC05410

कार्यक्रमका अध्यक्षता गरिरहेका सहसचिव डा.श्याम किशोर शाहले कृषि विकास मन्त्रालयमा आएदेखि नै सचिव जयमुकुन्द खनालले निकै महत्वपूर्ण कार्यहरु गरेको बताए । कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न कार्यक्रय प्रमुखहरुले मायाको चिनो सहित अविरमाला लगाएर विदाई गरेका थिए ।DSC05408

सचिव खनालको विदाईमा धेरै भन्दा धेरै उच्च अधिकारीहरुको मनमा खिन्नता देखिएको थियो । मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव काशीराज दाहालले सचिव खनालबाट प्रशासनिक रुपमा धेरै कुरा सिक्नु पर्ने बताउँदै नचाहँदा नचाहँदै पनि वाध्यताले विदाई गर्नु परेको धारणा राखेका थिए । DSC05414
सचिव जयमुकुन्द खनाल कृषि विकास मन्त्रालयबाट विदाई साधारण तरीकाले भएनन् । मन्त्रालयभित्र कार्यरत कर्मचारी मात्र होइन पाँचै विकास क्षेत्रबाट आएका क्षेत्रीय निर्देशक, कार्यालय प्रमुख, आयोजना प्रमुखहरु समेतको उपस्थितिमा बेहुली अन्माएजस्तै विदाई गरिरहँदासँगै रहेको भौतिक योजना मन्त्रालयका कर्मचारीहरु समेत रमिते बनेका थिए । कृषि सम्वाददाता

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७१