शुक्रबार, चैत्र १६, २०८०

बालुवामा तरबुजा फलाउँदै किसान

नेपालगन्ज, २ चैत । बाँके जिल्लाको फत्तेपुर गाविसका १२७ जना कृषकलाई अहिले बालुवामा आफ्नो परिवार धान्ने जोहो गर्न भ्याइनभ्याइ छ । अधिक गर्मी हुने जिल्लाका ती कृषकलाई नदी छेउको बालुवाको तातोले पोल्दैन, उनीहरू त त्यही बालुवामा रमाउँछन्, खेल्छन् र शीतल वस्तु उत्पादन गर्छन् ।

कृषक भक्तिराम पाण्डे जस्तै २२ घरधुरीका १२७ कृषक राप्ती नदीको बाढीले खेतमा थुपारेको बालुवामा बगर खेती गर्न हौसिएका छन् । उनीहरूले बालुवामा तरबुजा, खरबुजा, करेला, काँक्रो, भिन्डीको व्यवसायिक खेती सुरु गरेका छन् ।
गत वर्षदेखि थालिएको बगरखेतीले पहिलो वर्ष कृषकलाई निराश पारे पनि उनीहरू आत्तिएनन् । गत वर्षको चैतमा आएको ठूलो हावाहुरीले खेती बिगारेको थियो । तर कृषकलाई ती निकायले सहयोग गर्ने ढाडस दिएपछि बगरखेतीले निरन्तरता पाएको हो ।

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७१