शनिबार, बैशाख २२, २०८१

साना सिँचाइ कार्यान्वयन सुरु

रसुवा, २३ फागुन । सुक्खा ठाउँमा सिँचाइको व्यवस्था गरी कृषिउपज बढाउन साना सिँचाइ योजनाको निर्माण कार्य अगाडि बढेको छ ।
जिल्ला कृषि विकास कार्यालय रसुवामार्फत चालु आवमा जिल्लाभित्र ४८ वटा साना सिँचाइ योजना सञ्चालन गर्ने कार्यनीति पारित भई कार्यान्वयनको प्रक्रिया अगाडि बढाइएको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाईंले जानकारीदिए ।
जिल्लाको १२ गाविसमा सञ्चालन गर्ने सिँचाइमध्ये भुर्ले तथा धौबुङ गाविसमा १२/१२ वटा लहरपौवामा ६ वटा, राम्चे, धुन्चे, स्याफ्रु, चिलिमे, गुल्चोङ गाविसमा २/२ यार्सा एवम् सरमथलीमा ३/३ डाँडागाउँ र गतलाङ गाविसमा १/१ रहेका छन् ।
ती सिँचाइ योजना सम्पन्न भएपछि हजारौँ हेक्टरमा सिँचाइ पुगी कृषिउपज बढ्ने किसानले अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २३, २०७१