बिहिबार, बैशाख १३, २०८१

हेलम्बूमा फस्टायो अलैँची

सिन्धुपाल्चोक, २३ फागुन  । कुनै बेला हेलम्बूकी शेर्पिनी र स्याउको बखान गरेर गाईएको बोलको गित निकै प्रसिद्ध थियो । शेर्पिनी र स्याउमा प्रख्यात हेलम्बुमा अहिले यी दुवै चिज कम र अलैँची बढी पाईन्छ ।
त्यसै कारण राजघरानादेखि बिदेशी पर्यटकसमेत हेलम्बू भ्रमण गर्न आउँथे । अब त्यो बिगतको दिन भईसक्यो । इतिहासको पानामा मात्र सीमित भईसक्यो । हिजोको दिनमा शेर्पिनी र स्याउले प्रसिद्धी दिलाएको हेलम्बूले अहिले दिनानुदिन अलैँचीका कारण ख्याती कमाउदै छ । यस गाविसको वडा नं. १ मा अहिले अलैँची खेती धेरै राम्रो फस्टाएको छ । भागौ वन उपभोक्ता समितिले तिन सय हेक्टरको पुरै जँगलमा अलैँची लगाएको वन उपभोक्ता समितिका अध्यक्ष भ्लागाई तामाङले बताए ।
वडा नं. १ का पुरै बासिन्दाले अलैँची लगाएका छन् । उनिहरुले ९ वर्ष भयो उत्पादन लिन थालेको । कृषि विकास कार्यालयलाई त थाहा नै छैन होला समितिका सदस्य नोर्बु लामा बताए। उनले बताए । –हाम्रो अलैँची लिन ठेकेदारहरु गाउँमा नै आउँछन् । अलैँचीको बेच्ने ठाउँ थाहा नहुँदा सही मूल्य नपाएको लामाले  बताए । । नोर्बु लामा गाउँका किसानहरुको प्रमुख आम्दानीको स्रोतनै अहिले अलैँची भएको उनी बताउँछन्। भागौ वन उपभोक्ता समितिले वार्षिक १० लाखको अलैँचि निर्यात गर्ने गरेको छ ।
स्वच्छ हावापानी र चिसो ठाउँ भएकाले रोग नभएका विरुवा किन्न काठमाण्डौ देखी ग्राहकहरु यहाँ आउने गर्दछन् ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २३, २०७१