सोमवार, बैशाख २४, २०८१

पूर्वशिक्षक बाख्रापालन व्यवसायमा

bakhra-बागलुङ,  २० फागुन । २० वर्ष शिक्षण पेशामा लगाएका जिल्लाको मल्म–१ छिसका ४३ वर्षीय मित्र खरेल अहिले पूर्ण रूपमा बाख्रापालन व्यवसायमा समर्पित छन् । खरेलले २ वर्षदेखि आफ्नै घरमा फार्म सञ्चालन गरेका छन् । जिल्लाका एक पूर्वशिक्षक जागिरे जीवनबाट अवकास लिएपछि बाख्रापालन व्यवसायमा लागेका छन् । उनका लागी बाख्रापालन आम्दानी र दिनचर्या बिताउने माध्यम बनेको छ ।
व्यवसायबाट वार्षिक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको उनले बताए ।
खरेलकोे फार्ममा अहिले ८० वटा खरी जातका बाख्रा छन् । फार्ममा ४ लाख रुपैयाँ लगानी भइसेकेको खरेलले जानकारी दिए । “शिक्षण पेसामा आबद्ध भएपछि रिटायर्ड जीवन बिताउन धेरै मुस्किल प¥यो । अहिले व्यवासयमा व्यस्त छु, फुर्सदमा बस्नुपर्छ कि भन्ने कुनै चिन्ता छैन,” उनले भने ।
फुर्सदले मानिसमा नकारात्मक सोचको विकास गराउँछ भन्ने ज्ञान भएकै कारण व्यवसाय रोजेको खरेलले बताए । बाख्रापालक किसान संघ बागलुङका अध्यक्षसमेत रहेका खरेलले २० वर्षसम्म रिघा गाविसको सरस्वती प्राथमिक विद्यालयमा अध्यापन गरेका थिए ।
व्यवसाय विस्तार गरेर ३ बाख्रा पु¥याउने लक्ष्य खरेलको छ । उनलाई श्रीमती सीताले साथ दिएकी छन् । “बाख्रापालन व्यवसायबाट राम्रो कमाइ हुने देखेर नै यसैलाई रोजें । सुरु गरेको १ वर्षमै लाखभन्दा बढीका बाख्रा बेचिसकें,” खरेलले भने, “अहिले फार्ममा ३ लाखबराबरको बाख्रा छन् ।” बाख्रा खरिद गर्न उपभोक्ता फार्ममै आउने गरेको उनले बताए ।
व्यवसायसँगै खरेलले अध्ययनलाई पनि अघि बढाएका छन् । गत वर्ष उनले काँडेबासमा रहेको जनजागृति उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरे । अब बीएड पढ्ने सुरमा छन् ।
बाख्रापालनसँगै उनले तरकारीखेती पनि गर्दै आएका छन् । ३ रोपनीमा बेसारको खेती गर्दै आएको खरेलले जानकारी दिए । गत वर्ष उनले १ क्विन्टल बेसार बेचे । धुलो बेसार प्रतिकिलो ५ सय रुपैयाँमा बिक्री हुन्छ । – त्रिलोचन रिजाल

प्रकाशित मिति: बुधबार, फाल्गुन २०, २०७१