सोमवार, बैशाख २४, २०८१

सिन्धुपाल्चोकमा तरकारी बाली नष्ट

मेलम्ची, १९ फागुन । अविरल वर्षासँगै परेको हिमपातका कारण सिन्धुपाल्चोक जिल्लाको उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित भएको छ । गत तीन दिनदेखि लगाताररूपमा भएको भारी वर्षाका कारण जिल्लाका उच्च हिमाली गाविस भोताङ, हेलम्बु, थाङपालधाप, थाङपालकोट र किउलमा बाक्लो हिमपात भएको छ ।

हिउँले कमाइ खाने बालीसमेत नष्ट पारेको थाङपालकोटका सहायक गाविस सचिव कुमार बस्नेतले बताएका छन् । त्यसैगरी, हिमपातका कारण हेलम्बु क्षेत्रमा तोरी, गहुँ, आलुलगायतका बाली नष्ट गरेको बताइएको छ । यसतर्फ कृषि कार्यालयले ध्यान दिनुपर्ने स्थानीयवासी कर्मतोक्य लामाले बताए । उब्जनी गरेर बेच्ने बेला भएको गोलभेँडा, काउली, बन्दाकोपी, आलुलगायत सम्पूर्ण तरकारीबाली हिमपातका कारण नष्ट भएको हेलम्बुका स्थानीयवासी पासाङ शेर्पाले बताए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १९, २०७१