सोमवार, बैशाख २४, २०८१

केराखेतीको बिमा गर्न सुरु

चितवन, २० फागुन ।  केरा उत्पादक सङ्घको पहलमा चितवनमा किसानले केराखेतीको बिमा गर्न सुरु गरेका छन् । केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष विष्णुहरि पन्तका अनुसार पहिलो चरणमा २५ जना किसानले आफ्नो केराखेतीको बिमा सुरु गरेका छन् । पच्चिस जना किसानले ६० बिगाहा क्षेत्रफलमा लगाएको केराखेतीको बिमा गरेको उनले बताए ।  प्रत्येक एक बिगाहाको रु तीन लाख १२ हजार १२० बराबरको दरले रु एक करोड ८० लाखको बिमा गरेको अध्यक्ष पन्तले जानकारी दिए । बिमा गर्नेमा सङ्घमा आबद्ध मर्कण्ड केरा उत्पादक सहकारी संस्था र लगनशील केरा समूहमा आबद्ध किसान छन् ।  सङ्घमा १३ वटा उपसमिति आबद्ध छन् । बिमाअनुसार पाँच प्रतिशत प्रिमियम कम्पनीलाई तिर्नुपर्नेछ । त्यसमा २५ प्रतिशत किसान तथा ७५ प्रतिशत सरकारले तिर्ने अध्यक्ष पन्तले बताए । केराखेतीको बिमा नहुँदा किसानले प्रत्येक बर्ष आउने हावाहुरी र असिनापानीका कारण करोडौँको क्षति बेहोर्न बाध्य भएका थिए ।  गत बर्ष चितवनका किसानले रु आठ करोडभन्दा बढीको बर्ष  व्यहोरेका थिए । पूर्वी चितवनको रत्ननगर, पमदपुर, जुटपानी, चैनपुरर तथा पश्चिम चितवनको जगतपुर क्षेत्रमा केराखेती गरिँदै आएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन २०, २०७१