सोमवार, बैशाख २४, २०८१

प्याक्टमा जाने दशा कस्को ?

Pactकाठमाडौं, १७ फागुन । परम्परागत रुपमा सञ्चालन भईरहेको नेपाली कृषि क्षेत्रलाई व्यवसायिकतातिर मोड्न विश्व वैंकको सहयोगमा कृषि विकास मन्त्रालयद्धारा सञ्चालित व्यवसायिक कृषि तथा व्यापार आयोजनामा आयोजना निर्देशक योगेन्द्रकुमार कार्की कृषि विकास मन्त्रालयको योजना महाशाखामा सरुवा भएर आएपछि सो आयोजनामा जान केही सहसचिवहरुको दौडधूप शुरु भएको छ । करिव २ महिना खाली रहेको मन्त्रालयको योजना महाशाखामा कार्की सरुवा भएर आएलगतै प्याक्ट परियोजनामा जानका लागि शक्ति केन्द्र धाउन शुरु गरेपछि आयोजनामा पनि राजनीति हस्तक्षेप हुने हो कि भन्ने शंका उब्जन थालेको छ । प्याक्टमा आयोजना निर्देशक नभएका कारण सो आयोजनामा जानका लागि केही सहसचिवहरु लिगलिगे दौडमा निस्केका छन् ।
प्याक्ट आयोजनामा आयोजना निर्देशकका रुपमा जानका लागि क्षेत्रीय कृषि निर्देशनालाय मन्त्रालयका निर्देशक टेकबहादुर बम, जुनोसिस आयोजनाका डा. इन्दकान्त झा, कीट विकास निर्देशनालयका जगदीश भक्त श्रेष्ठ अग्रपंक्तिमा देखिएपनि टेकबहादुर बम र डा. इन्द्रकान्त झा प्रतिष्पर्धीका रुपमा देखिएका छन् । बम विगतमा व्यवसायिक कृषि विकास आयोजना विराटनगरमा प्रमुखका रुपमा काम गरि सो आयोजना समाप्त भएपछि कृषि विभागको उपमहानिर्देशक हुँदै हाल मध्यमाञ्चलको क्षेत्रीय निर्देशकका रुपमा कार्यरत छन् । त्यस्तै डा इन्दकान्ता झा जुनोसिय आयोजनामा कार्यरत थिए उनी हालै मात्र मात्र सहसचिवमा बढुवा भएका हुन् । यी बाहेक अन्य केही सहसचिव पनि प्याक्ट आयोजनामा जान इच्छुक देखिएका छन् । तर प्याक्ट आयोजनामा जानका लागि राजनीतिक चलखेल शुरु भईसकेकोले कसले सो प्याक्टको आयोजनामा निर्देशक बन्न अवसर बम र झा मध्ये एकले पाउने करीव पक्कापक्की छ । -कमला नेपाल

प्रकाशित मिति: आइतवार, फाल्गुन १७, २०७१