शुक्रबार, बैशाख २१, २०८१

चितवन मिल्क सञ्चालनमा ल्याउन आग्रह

 chitawon-milk-head

काठमाडौं, २५ माघ । चितवन । विगत लामोसमय सञ्चालन भएर घाटामा गएका कारण बन्द भएको चितवन मिल्कलाई सरकारले तत्कालै आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्नका व्यवसायिक दुग्ध उत्पादनमा सक्रिय किसानहरुले संस्था दुग्ध उत्पादक कृषक समाजले आग्रह गरेको छ । दुग्ध उत्पादनमा लागिरहेका किसानहरुले उत्पादन गरेको दूधको बजारीकरण गर्नका लागि असहज परिस्थित आईरहेको भन्दै सो मिल्क सञ्चालनमा तत्कालै ल्याई आत्मनिर्भरततिर उन्मूख भईरहेको दुग्ध उत्पादन क्षेत्रलाई गतिशिल बनाउन उनीहरुले राज्यलाई ध्यानाकर्षण पनि गराएका छन् ।
डेरी क्षेत्रमा एकछत्र राज चलाउने खोज्नेहरुले चितवन मिल्क सञ्चालन गर्न नदिने षडयन्त्र गरिरहेको भन्दै त्यस्ता गलत व्यक्तिहरुको ठेकेदारी अन्त्य गदैै दुग्ध उत्पादनमा क्रियाशील किसानहरुका पक्षमा निर्णय गरि सो मिल्क सञ्चालनमा ल्याउनका लागि किसानहरुले आग्रह गरेका छन् । तनहुँ, नवलपरासी, रुपन्देही, चितवन, मकवानपुरका दुग्ध उत्पादनमा क्रियाशील किसानहरुले सरकारको ध्यानाकर्षण गराउँदै दूग्ध उत्पादन बढाउन तर्फ ध्यान दिँदै दूधका ठेकेदारहरुसँग सचेत रहन समेत सरकारलाई अनुरोध गरेका छन् ।
आफूलाई ठूला डेरीका मालिक सम्झनेहरुले सो मिल्क सञ्चालनमा आएमा आफूहरुको राज नचल्ने सोच राखेर जसरी भएपनि चितवन मिल्कलाई बन्द नै गर्नु पर्दछ भन्ने सोचमा लागिरहेको समाजका अध्यक्ष आनन्द न्यूरेले लगाएका छ । सरकारले चितवन मिल्कलाई उचित मूल्यांकन गरेर आफ्नो स्वामित्वमा लिनु पर्ने बताउँदै सरकार र व्यवसायीहरुकै पहलमा सो मिल्क सञ्चालनमा ल्याउनु पर्ने न्यूरेले बताए । – कमला नेपाल

प्रकाशित मिति: आइतवार, माघ २५, २०७१