शुक्रबार, बैशाख २१, २०८१

पोखरीमा विषादी हालिदिँदा रु पाँच लाखबराबरको माछा नष्ट

गौशाला, २३ माघ । महोत्तरीको प्रकौली गाविस– ५ स्थित एक पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा रु पाँच लाख मूल्य बराबरको माछा नष्ट भएको छ । प्रकौली– ५ बस्ने बजरङ्ग यादवको पोखरीमा गएराति अज्ञात समूहले विषादी हालिदिँदा करिब छ क्विन्टल माछा नष्ट भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब एक बिगाहा क्षेत्रफल रहेको सो पोखरीमा पालिएको रहु, भकुरा, बोवारी, नैनी, कमल, ग्राँसकाँटलगायतका माछा नष्ट भएको यादवले बताउनुभयो । पीडित यादवले पोखरीमा विषादी हाल्ने समूहलाई समातेर कडाभन्दा कडा कानुनी कारबाहीको लागि प्रहरीसमक्ष अनुरोध गरेकोछ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७१