शुक्रबार, बैशाख २१, २०८१

कृषिमेलाबाट ६४ कृषक पुरस्कृत

पानीट्याङ्की (मोरङ), २२ माघ । मोरङको लेटाङमा सञ्चालन भएको तीनदिने कृषि उत्पादन प्रवद्र्धन मेलाबाट ६४ जना कृषक पुरस्कृत भएका छन् । जिल्ला कृषि विकास कार्यालय र विभिन्न गैरसरकारी सङ्घसंस्थाको सहकार्यमा माघ १५ देखि १७ गतेसम्म सञ्चालन भएको उक्त मेलामा आफ्नो उत्पादन प्रदर्शन गरेर सहभागी जनाउनेमध्ये ६४ जना कृषकलाई उत्कृष्ट कृषकको प्रमाणपत्र दिएर पुरस्कृत गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेतीले जानकारी गराउनुभयो । जिल्लाभरिका कृषकले उत्पादन गरेका २०० भन्दा बढी उत्कृष्ट कृषि उत्पादन प्रदर्शनीमा राखिएका थिए । कृषिसम्बन्धी चेतनामूलक गीत, नृत्य र प्रहसन पनि प्रस्तुत गरिएको उक्त मेला करिब सात हजार जनाले अवलोकन गरेको कृषि विकास कार्यालयको दाबी छ । रासस

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१