मङ्लबार, बैशाख २५, २०८१

बुटवलमा कृषि मेला शुरु हुँदै

mela-logoकाठमाडौं,२२ माघ । जिल्ला जिल्लामा हुन थालेको कृषि मेलाले आम किसानहरुलाई केही न केही रुपमा भएपनि राहत पु¥याएको देखिन्छ । किसानहरुले उत्पादन गरेका कृषि उपज उपभोक्ताहरुसम्म जानकारी दिनका लागि यस्तो मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको पनि देखिन्छ । त्यसैले होला उद्योग बाणिज्य संघ बुटवल र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा आजदेखि बुटवलमा आजदेखि कृषि मेला शुरु हुन गईरहेको छ । आजदेखि हुन लागेको सो मेलामा स्टल राख्ने व्यवसायी किसानहरुको चहल पहल शुरु भईसकेको छ । शिक्षा मन्त्री चित्रलेखा यादवले सो मेलाको उद्घाटन गर्ने छिन् ।
आगामी २७ गतेसम्म चल्ने भनिएको सो कृषि मेलामा विभिनन जिल्लामा उत्पादन भएका तरकारी, फलफूल, वीउ विजन, कृषिसँग सम्वन्धित यन्त्रहरु प्रदर्शनी हुने बताएको छ । सो मेलामा पुष्प व्यवसायद विभिन्न खाले नगदेबाली सम्वन्धि जानकारी दिन उदेश्यले गोष्ठि समेत सञ्चालन गरिन लागिएको आयोजनकले बताएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ २२, २०७१