शनिबार, बैशाख २२, २०८१

गाई संरक्षणका लागि रु १५ लाख

चितवन, १३ माघ । चितवनका दुई व्यक्तिले यहाँको देवघाटमा स्थानीय जातका गाई संरक्षणका लागि करिब रु १५ लाख सहयोग गरेका छन् ।
गाईगोठ (गौ धर्मशाला) निर्माण र अन्य कामका लागि करिब रु १५ लाख सहयोग प्राप्त भएको गौ संरक्षण केन्द्रले जनाएको छ ।
चितवनका व्यवसायीले स्थानीय जातका गाई संरक्षणका लागि यसरी सहयोग गरेका हुन् । उक्त रकमले दुईवटा सुविधायुक्त गाईगोठ बनाउन थालिएको बागिश्वरीस्थित केन्द्रका संयोजक टङ्कनाथ पौडेलले जानकारी दिनुभयो । यहाँ स्थानीय जातका २०० गाई छन् ।
दानबहादुर श्रेष्ठले दिएको रु सात लाख रकमले पहिलो गाईगोठ निर्माण सम्पन्न हुन लागेको छ ।
यस्तै, अर्का व्यवसायी उमाशङ्कर अग्रवालले आमा गीतादेवीको नाममा रु छ लाखमा अर्काे गाईगोठ निर्माणका लागि सहयोग प्रदान गरेको पौडेलले बताए ।  । उक्त रकमबाट गोठ निर्माणको काम चाँडै थालिने भएको छ ।

प्रकाशित मिति: मङ्लबार, माघ १३, २०७१