शनिबार, बैशाख २२, २०८१

जुम्लाका कृषि अनुसन्धान केन्द्रमा भिस्याट

जुम्ला, १३ माघ । टेलिफोन तथा इन्टरनेट सेवाबाट वञ्चित जुम्लाका दुई सरकारी कार्यालय कृषि अनुसन्धान केन्द्र बागबानी राजिकोट र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान गुठिचौर जुम्लामा भिस्याट प्रविधि जडान गरिएको छ ।
सदरमुकामबाट करिब १० किलोमिटर टाढा रहेको गुठीचौर जुम्लाको प्रतिष्ठान टेलिफोन र इन्टरनेट सेवाबाट वञ्चित हुनु स्वभाविकै ठानिए पनि सदरमुकामबाट करिब साढे दुई किलोमिटर मात्र टाढा रहेको नेपाल कृषि अनुसन्धान केन्द्र बागबानी राजीकोट जुम्ला पनि लामो समयदेखि टेलिफोन तथा इन्टरनेट जस्ता प्रविधिको पहुँचबाट टाढा नै रहेको अवस्था थियो ।
प्रविधिको पहुँचमा नभएपछि कृषि क्षेत्रमा राजीकोटलाई काम गर्न निकै जटिल अवस्था भएको थियो । त्यही अवस्थालाई मध्यनजर गरी हालै मात्र करिब रु ६४ हजार नेपाल टेलिकमलाई तिरी भिस्याट प्रविधि जडान गरिएको केन्द्रका वरिष्ठ वैज्ञानिक गिरीधारी सुवेदीले बताए ।

प्रकाशित मिति: मङ्लबार, माघ १३, २०७१