शनिबार, बैशाख १५, २०८१

अनुदानका लागि ११० युवा कृषक छनौट

सुनसरी, १ माघ । जिल्ला कृषि विकास कार्यालय, सुनसरी ले आ.व.०७१÷०७२को स्वीकृत बार्षिक कार्यक्रम अनुसार विदेशबाट फर्केका, विदेश जान लागेका तथा स्थानीय बेरोजगार युवा/युवतीहरुलाई व्यवसायिक खेती तर्फ आकर्षण गर्न जिल्लाका विभिन्न क्षेत्रबाट ११० जनालाई छनौट गरी अनुदान दिने भएको छ ।
“जिल्ला कृषि विकास समिति” को बैठकले युवा लक्षित व्यवसायिक तरकारी उत्पादनका लागि ७० जना र युवा लक्षित व्यवसायिक च्याउ उत्पादन कार्यक्रम तर्पm ४० जना युवा (महिला/पुरुष) कृषकहरुलाई छनौट गरेको छ । छनौट भएका उक्त युवा कृषकहरु मध्ये युवा लक्षित व्यवसायिक तरकारी उत्पादनका लागी प्रति युवा रु.६० हजार र व्यवसायिक च्याउ उत्पादनका लागी प्रति युवा रु.४० हजार अनुदान उपलब्ध गराइने कुरा जिल्ला कृषि विकास कार्यालय, सुनसरीका वरिष्ठ कृषि विकास अधिकृत डा.रवीन्द्र नाथ चौबेले कृषि अनलाईनलाई बताएका छन् ।
साथै सो वैठकले सहकारी खेतीमा आधारित सिंचाईका लागि १ वटा, सहकारी खेती स्कीमका लागी २ वटा कृषि सहकारी संस्था तथा साना सिंचाई विशेष कार्यक्रमका लागी ४४ वटा कृषक समूहहरु पनि छानिएको जिल्ला कृषि विकास कार्यालय, सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, माघ १, २०७१