शुक्रबार, बैशाख ७, २०८१

परीक्षामा उर्तीर्ण भए मात्र एग्रोभेट सञ्चालन

कालीकोट, १ माघ । विषादी खुद्रा विक्रेता विषयक ३ दिने जिल्ला स्तरीय तालिम मान्ममा सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत बासुदेव शर्मा पोखरेलको सभापतित्वमा सञ्चालन भएको तालीममा कालीकोट जिल्लाका ३७ जना व्यबसायीहरुको सहभागीता रहेको थियो ।
तालीमका बारेमा जानकारी दिदै बाली संरक्षण अधिकृत प्रकाश पाण्डेले प्रभावकारी एग्रोभेट सञ्चालन गर्नका लागि प्रशिक्षण अनिवार्य भएको बताएका थिए । तालीममा उतिर्ण भएका सहभागीहरुलाई वाली संरक्षण निर्देशनालय, हरिहरभवनवाट प्रमाण पत्र र विषादी सम्वन्धी कारोवार गर्नका लागि इजाजत पत्र प्रदान गरीने प्रास कलबहादुर शाहीले बताए । तालीममा सहभागीहरु परिक्षामा सफल भएका ब्यक्तिहरुले आ –आफ्र्नो पायक पर्ने क्षेत्रमा एग्रोभेट संचालन गरी ब्यबसाय सञ्चालन गर्न सक्नेछन् ।

प्रकाशित मिति: बिहिबार, माघ १, २०७१