शनिबार, बैशाख ८, २०८१

बाँकेमा मकै उत्पादन कार्यक्रम हुने

वाँके, ३० पुस । वाँके जिल्लाका कुखुरा व्यवसायीहरुले दानामा प्रयोग गर्नका लागि भारतबाट मकै अत्यधिक आयात गरेका कारण सो आयात प्रतिस्थापन गर्न बाँके जिल्लाका २० गाविसमा अभियानमुखी मकै उत्पादन कार्यक्रम सञ्चालन गरिने भएको छ ।
कार्यक्रम अन्तर्गत ५८३ हेक्टर क्षेत्रफलमा मकैखेती गर्ने तयारी भइरहेको छ भने तीन हजार ७२८ मेट्रिक टन मकै उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

जिल्लाको हिरिमिनिया, उदयपुर, पिप्रहवा, भवनियापुर, कम्दी, पुरैनी, पुरैना, जैसपुर, साइगाउ, चिसापानी, कचनापुर, महादेवपुरी, बागेश्वरी, राधापुर, सीतापुर, सोनपुर, बेलभार, फत्तेपुर, बिनौना र बैजापुर गाविसमा अभियानमुखी मकै उत्पादन कार्यक्रम सञ्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत हङ्समुल्ला खाँले बताएका छन् ।
ती गाविसका लागि आवश्यक पर्ने ११ दशमलव ६५ मेट्रिक टन पञ्जिकृत वर्णशंकर तथा सिफारिश उन्नत जातको मकै बीउका लागि ५० प्रतिशत बराबर रकम अनुदानमा प्रदान गरिने समेत खाँले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०७१