सोमवार, बैशाख १७, २०८१

नेपालीलाई दूध खुवाउन दुई लाखको बाख्रा

काठमाडौं, २९ पुस । गाई र भैंसी पाल्न नसक्ने साना किसानलाई वितरण गर्न भन्दै सरकारले अमेरिकाबाट बोका र पाठी आयात गरेको छ । प्रत्येकको दुई हजार डलर (दुई लाख रुपैयाँ) तिरेर २० बोका र ३० पार्टी भित्र्याइएको हो । तिनीहरुलाई १८ पुसमा नेपाल ल्याइएको  छ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता डा. उदय ठाकुरले अमेरिकाबाट एउटाको दुई हजार डलर तिरेर २० बोका र ३० पाठी आयात गरिएको र तिनीहरुलाई चिकित्सकको निगरानीमा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क)मा राखिएको बताए ।

अमेरिकी बोका तथा पाठीलाई नेपालको हावापानी अनुसार हुर्कन सिकाउने उद्देश्यले चिकित्सकको निगरानीमा राखिएको हो । अमेरिकाबाट ल्याइएका सानत जातका बाख्रा हुन् । यिनीहरुले एकै बेतमा नौ सयदेखि एक हजार ६ सय लिटरसम्म दूध दिने  छ ।

प्रकाशित मिति: मङ्लबार, पुस २९, २०७१