मङ्लबार, जेष्ठ १, २०८१

विषादी प्रयोगशालाले ल्यायो ऐक्वद्धता

काठमाडौं, २८ पुस । कृषि विकास मन्त्रालयको अगुवाईमा बाली संरक्षण निर्देशनालयले कालीमाटी तरकारी तथा फलफूल बजारमा दू्रत विषादी प्रयोग शाला स्थापना गरे लगतै तरकारीजन्य उत्पादनमा विषादी प्रयोग सम्वन्धि धेरैका ध्यानाकर्षण भएको देखिन्छ ।
कालीमाटी तरकारी बजारमा भित्रन लागेका तरकारीहरुमा विषादीको मात्रा फेलापरेपछि स्थानीय प्रशासनको रोहबरमा विषादी युक्त तरकारी नष्ट गरिएपछि किसानहरुमा समेत यसले ठूलो असर गरेको देखियो । त्यस यता कालीमाटी तरकारी बजारमा विषादी प्रयोग गरिएका तरकारी भित्रन छाडेको मात्र होइन किसानहरुमा पनि ठूलो चेतना अभिबृद्धि भएको देखिन्छ । जिल्ला जिल्लाका विषादी प्रयोग विरुद्ध किसानहरु नै एकजुछ भएर अगाडि बढेको समेत देखिएको छ ।
यही क्रममा इलामका सरकारी अधिकारीहरुले इलाम जिल्लामा कृषि तथा पशुपालनमा भईरहेको रासायनिक पदार्थको प्रयोग घटाउनका लागि एकै साथ काम गर्ने प्रतिवद्धता देखाएपनि इलाम जिल्लामा विषादी प्रयोग न्यूनिकरण हुँदै गएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालय इलामका प्रमुख प्रकाश डाँगीले रासायनिक बिषादीको न्यूनिकरण गर्नका लागि सामूहिक रुपमा सो क्षेत्रमा काम गर्नेहरुले ऐक्यवद्धता जनाएको समेत बताएका छन् ।

प्रकाशित मिति: सोमवार, पुस २८, २०७१