बिहिबार, बैशाख २०, २०८१

अर्गानिक नेपालको अध्यक्षतामा धर्मराज श्रेष्ठ 

काठमाडौँ, १० पुस । अर्गानिक कृषि उत्पादन एव बजारीकरणमा लागेका कृषि व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको अर्गानिक नेपालले पहिलो साधारणसभा सम्पन्न गरेको छ । काठमाडौंमा आज आयोजित सो साधारणसभाले धर्मराज श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय केन्द्रिय समिति समेत गठन गरेको छ ।
अर्गानिक नेपालको केन्द्रिय समितिको उपाध्यक्षमा खगेन्द्र श्रेष्ठ, महासचिवमा विल बहादुर अधिकारी, सचिवमा कपिल प्रजापति, कोषाध्यक्षमा केशर श्रेष्ठ, सदस्यहरुमा पवित्रा भण्डारी, गुहेश्वरी खड्का, मोहन घले, रामप्रसाद पाठक, लक्ष्मण गुरुङ्ग, सागर थापा चयन भएका छन् ।
अर्गानिक नेपालले मुलुकभर जिल्ला शाखा गठन गरी महासंघको स्वरुपमा लैजाने निर्णय गर्दै अर्गानिक कृषि उत्पादनमा जोड समेत दिएको छ । मुलुक यतिखेर विषादी मुक्त अभियान चलिरहेका बेला अर्गानिक नेपालले विषादी प्रयोग अन्त्य गर्नका लागि पनि ठूलो टेवा पु¥याउन सक्ने देखिएको छ ।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७१