शुक्रबार, बैशाख ७, २०८१

डढुवा रोगबाटे आलु र गोलभेँडा नष्ट

कञ्चनपुर, १० पुस । मङ्सिरको मध्यदेखि पश्चिम तराईका जिल्लामा भएको शीतलहरका कारणले बढेको चिसो र तुषारोले कञ्चनपुर जिल्लाको पुनर्वास र आसपासका क्षेत्रका सयौँ कृषकले लगाएको आलु र गोलभेँडा बाली नष्ट भएको छ ।

पश्चिमी नेपालको सुदूरमा रहेको पुनर्वास र आसपासका गाउँमा बाक्लो हुस्सु, शीतलहर र तुषारोका कारणले लागेको डढुवा रोगबाट ११० भन्दा बढी कृषकले व्यावसायिक रूपमा गरेको आलु र गोलभेँडा नष्ट भएको छ । जिल्लाको पुनर्वासका परासन, त्रिभुवनबस्ती, कालिका र बाइसी बिचवाका कृषकले ३७ बिगाहा क्षेत्रफलमा लगाएको आलु बाली र त्यत्तिकै मात्रामा गोलभेँडा बाली डढेलो रोगका कारण नष्ट भएको कृषि सेवा केन्द्र पुनर्वासका प्रमुख धर्मबहादुर साउदले बताएका छन् ।
यस क्षेत्रमा डढुवा रोगको नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालनमा ल्याउन नसकिएको बताउँदै साउदले दक्षिणी भेगको पुनर्वाससहित जिल्लाभरिमै डढुवा रोगले आलु र गोलभेँडाको ९० प्रतिशत बाली नष्ट गरेको बताए ।

प्रकाशित मिति: बिहिबार, पुस १०, २०७१