बिहिबार, बैशाख २०, २०८१

हाइब्रिडसहित मकैका थप पाँचवटा जात उन्मोचनको तयारीमा

काभ्रे ६ पुस । केही समय अगाडि सातव जातको मकैका बीउ उन्मोचन गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमले पुन ः हाइब्रिड जातसहित थप पाँचवटा जातको मकैको बीउ उन्मोचनको तयारीका लागि सिफारिस गरेको छ ।

पहाडी मकैबाली अनुसन्धान परियोजनाको आर्थिक सहयोगमा ल्याउन लागिएको मकैको बीउ राष्ट्रिय बीउबिजन नियन्त्रण गुणस्तर केन्द्रमा निर्माण भएको प्राविधिक उपसमितिले सिफारिस पास गरेको राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका संयोजक डा केशवबाबु कोइरालाले बताएका छन् ।
उनका अनुसार उन्मोचन हुन लागिरहेको मकैका जातमा अरूण तीन, अरूण चार अरूण छ, हाइब्रिड जातका रामपुर चार र रामपुर छ रहेका छन् ।
यी सबै जात कृषकका खेतबारीमा परीक्षण गरेर उन्मोचन गर्न लागिएको जानकारी दिँदै डा. कोइरालाले यस आर्थिक वर्षको अन्त सम्ममा उन्मोचन हुने बताए ।
त्यसका लागि अन्तिम गृहकार्य भइरहेको बताउँदै यी जातका मकै कृषकको खेतमा छिटो पाक्नेसमेत जानकारी दिँदै डा. कोइरालाले दाना र खाना दुबैका लागि उपयुक्त भएको समेत बतए ।

प्रकाशित मिति: आइतवार, पुस ६, २०७१