बुधबार, बैशाख १२, २०८१

कालिकोटमा खाद्यान्न विजवृद्धि तालिम शुरु

kalikot seedकालिकोट, ६ पुस । कालिकोट जिल्लाका बीउ पकेट क्षेत्रमा मानिएका गाविसका किसानहरुका लागि तीन दिने जिल्ला स्तरीय खाद्यान्न बीउ उत्पादन तथा प्रशोधन सम्वन्धी तालिम सञ्चालन शुरु भएको छ ।
आजदेखि शुरु भएको सो तालिमको उद्घाटन गर्दै जिल्ला कृषि कार्यालय कालिकोटका वरिष्ट कृषि विकास अधिकृत बासुदेव शर्माले बीउको महत्व तथा जिल्लामा बीउको व्यवस्थापन र महत्वका बारेमा किसानहरुलाई जानकारी गराएका थिए ।
कार्यालयका बागबानी अधिकृत रामकुरमा यादवले बाली बीमा तथा यसबाट किसानहरुलाई पुग्ने फाइदाका बारेमा जानकारी दिएका थिए । तीनदिनसम्म चल्ने सो तालिममा महिला र पुरुष गरी २० जना सहभागी रहेका जिल्ला कृषि विकास कार्यालय कालिकोटले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, पुस ६, २०७१