बुधबार, बैशाख १९, २०८१

हाइब्रिड छाडेर स्वदेशी बिऊ

सिपापोखरे (सिन्धुपाल्चोक)– मकैलाई मूख्य नगदेबाली बनाएका सिन्धुपाल्चोकका किसानहरुले हाइब्रिड छाडेर स्वदेशी उन्नत जातको बिऊ लगाउन थालेका छन् ।
सिपापोखरे– १ र भिमटार– ९ का किसानहरुले हाइब्रिड मकै छाडेर नेपाल सरकारले सिफारिस गरेको स्वदेशी पोसिलो जातको बिऊ रोप्न थालेका छन् । ‘पोहोर हाइब्रिड मकै सिजनमा भाउ आएन,’ सिपापोखरेका मकै कृषक नेत्रप्रसाद घिमिरेले सम्झिए, ‘थुपारेर राखेको मकै घून–किराले खाएर पिठो बनायो ।’
हाइब्रिड मकैले दुःख दिएपछि सिपापोखरे र भिमटारका किसानले सल्लाह गरेरै सरकारले सिफारिस गरेको मकैको जात लगाउने निधो गरेका हुन् । यसपालि ‘रामपुर कम्पोजिट’ जातको मकै लगाएका किसानले अब हाइब्रिड नकिन्ने निष्कर्षमा पुगेको सुनाए ।
यहा“का किसानहरुले वर्षेनि ४ सय रोपनी क्षेत्रफलमा मकैखेती गर्दै आएका छन् । ‘भारतबाट ल्याइएको मकैको बिऊमा किरा धेरै लाग्यो । बिऊ राम्रो भएन भनेर पसलमा जा“दा इण्डिया नै खबर गर्नु भन्ने जवाफ दिए,’ उनले स्मरण गरिन्, ‘गुनासो पनि गर्न नपाउने बिऊ लगाइरहन मन लागेन ।’
भट्टराईका अनुसार ‘रामपुर कम्पोजिट’ जातको मकैको घोगा सानो भए पनि दाना वजनदार छ । ‘तौलमा नाफाघाटा बराबर छ,’ उनले भनिन्, ‘कमसेकम बिऊ आफैं उत्पादन गर्न सक्यौं भने हामीलाई नाफा राम्रो हुन्छ ।’
सिपापोखरे १ का किसान शंकर कुंवर मुख्य स्रोत नै मकै भएकाले आफूहरुले उत्पादन गरेको बिऊ सरकारले खरिद गर्ने आश्वासन पूरा गर्नुपर्ने बताए । ‘सरकारले बिऊ खरिद गर्ने आश्वासन दिएको छ,’ उनले भने, ‘त्यसो भयो भने हामीलाई घाटा छैन । तर बिऊको भाउमा मकै लिएन भने अर्कोपटकदेखि फेरि सोच्नुपर्छ ।’
सिन्धु–टुकी बिउ उत्पादन सहकारी संस्थाका अध्यक्ष डीबी भण्डारीले स्वदेशी उन्नत जातको बिउमा जोखिम कम रहेकाले किसानले विस्तारै हाइब्रिड छाड्न थालेको बताए । ‘किसान जोखिम कम खप्नुपरोस् र नेपाली पैसा भारत नजाओस् भन्नेमा सचेत भएका छन्,’ उनले भने ।
पहाडी मकैबाली परियोजना प्रमुख निर्मल गदालले सरकारले हावापानी र माटो परीक्षण गरेर बिऊ सिफारिस गरेको बताए । ‘यहा“का किसानहरुले मकै भण्डारण गर्न नसक्दा घाटामा गएको बारम्बार बताए,’ उनले भने, ‘हामीले किसानको इच्छा र यहा“को हावापानी माटो परीक्षण गरेर यो जातको सिफारिस गरेका छौं ।’
हाइब्रिडलाई जस्तो मलखाद नलाग्ने र किरा कम लाग्ने भएकाले किसानले स्वदेशी उन्नत जातको बिऊ प्रयोग गर्न थालेको गदालको भनाइ छ । ‘सरकारको यो नमूना कार्यक्रम हो यो,’ उनले भेन, ‘गुणस्तरीय बिऊ स्थानीयस्तरमा उत्पादन गर्ने सरकारी अभियान हो स्थानिय बिउ बिजनलाइ सरकार यस क्षेत्रमा काम गर्न संघ संस्थाले किसान मेैत्रि बनाउनु जरुरी छ । -राजेन्द्र दंगाल

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७१