आइतवार, बैशाख २३, २०८१

अनुदानमा च्याउको बीउ वितरण

कञ्चनपुर, २५ मंसिर । कृषि सेवा केन्द्र झलारीले ५० प्रतिशत अनुदानमा विपन्न परिवारलाई च्याउको बीउ वितरण गरेको छ ।

दोस्रो चौमासिकको निर्धारित कृषि प्रसार कार्यक्रमअन्तर्गतको च्याउ बीउ मिनीकिट अनुदान कार्यक्रममार्फत वितरण गरिएको हो ।
सत्तरीभन्दा बढी कृषकलाई ३०० सिसी कन्ये जातको च्याउको बीउ वितरण गरिएको सेवा केन्द्रका प्रमुख मणिनाथले जानकारी दिएका छन् । एक सिसी च्याउको मूल्य रु ३५ पर्ने गरेको भए पनि च्याउखेती गर्ने कृषकले १७ रुपैयाँ ५० पैसा तिर्नुपर्ने उनले बताए ।
वितरण गरिएको बीउबाट १० क्विन्टलभन्दा बढी च्याउ उत्पादन हुने केन्द्र प्रमुख नाथको भनाइ रहेको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०७१