मङ्लबार, बैशाख ४, २०८१

ललितपुरमा गहुँखेती घट्दै

gahooललितपुर, २५ मंसिर । जिल्लामा हरेक वर्ष गहुँखेती गर्ने कृषकहरू क्रमिक रूपमा घट्ने गरेको जिल्ला कृषि विकास कार्यालय ललितपुरले बताएको छ । कार्यालयका सूचना अधिकृत हरि पण्डितका अनुसार अहिले कृषक व्यावसायिक तरकारीखेती प्रति बढी आकर्षित भएकाले अन्न बाली लगाउने किसान कम भएका हुन् ।
ललितपुरमा खेती हुने जमिनमध्ये अहिले ४ हजार हेक्टर जमिनमा मात्र गहुँ खेती हुदै आएको छ । विगतका वर्षहरूमा ४ हजार ५० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको थियो ।
यही अनुपातमा यस खेतीप्रति कृषकको आकर्षण घट्ने हो भने अबको केही वर्षमा अन्न बाली खेती गर्ने कृषकहरूको सङ्ख्या अत्यन्तै कम हुने पक्का रहेको पण्डित कृषि अनलाईनलाइए बताए ।
उनका अनुसार अन्न खेतीबाट तुरुन्तै आम्दानी लिन नसकिने र लामो समय कुर्नु पर्ने भएकाले अन्न बालीप्रतिको आकर्षण घटेको हो । अहिले ललितपुरमा मुख्य गरी बुङ्मति, लामाटार, ठैब र ठोचेमा गहुँ खेती हँुदै आएको छ । जिल्ला कृषि विकास कार्यलय ललितपुरले यस वर्ष उन्नत जातको गहुँको बीउको विस्तार र गुणस्तरीय बीउमा जिल्लालाई आत्मनिर्भर बनाउन १५ हेक्टर जमिनमा यसको खेती गरेको बताएको छ ।

प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०७१