शनिबार, बैशाख २२, २०८१

कालिकोटमा आईपिएम पाठशाला

kalikot newsकालिकोट,१३ मंसिर । जिल्ला कृषि विकास कार्यालय, कालीकोटले आफ्नो कार्यक्रम अनुसार विभिन्न गा.वि.स. मा कृषि खाद्य तथा पोषण आयोजना तथा एकिकृत बाली तथा जल व्यबस्थापन कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रम अन्र्तगत जिल्लामा हाल गहूँ बालीमा आठ(८) वटा आई.पि. एम. कृषक पाठशाला सञ्चालन गरिरहेको छ ।
त्यस्तै धान बालीमा २ वटा कृषक पाठशाला सञ्चालन सम्पन्न गरी त्यही पाठशालामा फलोअप कार्यक्रम अनुसार गहु बालीमा आईपिएम पाठशाला सञ्चालनमा रहेको छ । यी दुवै पाठशाला सम्पन्न भएपछि केही समयभित्रै आलुबालीमा थप पाठशाला सञ्चालन गरिने कार्यक्रम रहेको जिल्ला कृषि विकास कार्यालय कालिकोटका वरिष्ट कृषि विकास अधिकृत बासुदेव शर्मा पोखरेलेल बताएका छन् । जिल्ला कृषि विकास कार्यलयले तरकारी खेति सम्बन्धी तालिम तथा कृषि खाद्य तथा पोषण कार्यक्रम अन्र्तगत सञ्चालन गरिने साना अनुदान कार्यक्रमको पकेट क्षेत्र तथा जिल्ला स्तरिय अभिमुखिकरण तालिम समेत सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १३, २०७१