शनिबार, जेष्ठ ५, २०८१

“जीवामृता” प्रविधिद्धारा तरकारी खेती

सिन्धुपाल्चोक, १४ मंसीर । जिल्लाको पश्चिमी भेग माहांकाल गाविसमा “जीवामृता” प्रविधिद्धारा नमूना तरकारी खेती गरिएको छ । उन्नत र अगर््यानिक खेतीभन्दा उच्च गुणस्तर कोटीको तरकारी खेती गरी यस भेगका स्थानीयले आम्दानीको ढोका फराकिलो बनाउने अन्तिम तयारीमा जुटिरहेका छन् । स्थानीय जातको गाईको मूत्र र गोबरको मात्र प्रयोग गरी १५ रोपनी जग्गामा काउली, गोलभेँडा र बन्दाकोभीको खेती गरेर यस भेगको सिर्जनशील लघुउद्यम संघ र पाल्चोकी माई लघुउद्यम संघले नमूना तरकारी खेतीलाई बढवा दिने प्रयासमा छन् ।
१ लाख ७२ हजार रुपैयाँ सिन्धु विकास केन्द्र (सिडेक)को र स्थानीयको गरी कूल ४ लाखको लगानीमा “जीवामृता” तरकारी खेती गरिएको उत्तम मार्ग साना किसान सहकारीका अध्यक्ष बालकृष्ण देउजाले जानकारी दिए । उनले यो तरकारी खेती शुद्ध विषदी रहित रहेको, यस तरकारी खेतीमा माटो समेत नौनी घिउजस्तो नरम हुने र अग्र्यानिक तरकारी भन्दा कयौँ गुणा स्वादिलो पौष्टिकयुक्त हुने बताए ।अहिले “जीवामृता” प्रविधिद्धारा गरिएको तरकारी खेतीको उत्पादन अन्तिम तयारीमा रहेको छ । यो प्रविधिद्धारा यस ठाउँमा पहिलोचोटी फसल उत्पादन दिँदै छ । यसबाट उत्पादित तरकारीबो बजारको कुनै समस्या नभएको स्थानीयको भनाइ छ । उत्पादित तरकारी यस भेगको ग्याल्थुम, चनौटे, तालामारङ, र मेलम्ची लगायत बजारमा विक्रि वितरण हुने देउजाको भनाई छ । सिन्धु विकासको सहयोगले यस भेगका जनतामा नयाँ तरकारी खेती उत्पादन र आम्दानी गर्न प्रति उत्सायित भएको सिडेकका कार्यकारी निर्देशक बिजयकृष्ण श्रेष्ठले जानकारी दिए ।
“जीवामृता” प्रविधिद्धारा अहिले जिल्लामा २ गाविस ठोकर्पा र माहांकालमा मात्र गरिएको छ । यो प्रविधद्धारा गरिएको तरकारी महगो हुने तर स्वादिलो र पौष्टिकयुक्त हुने तरकारी बताइएको छ । यो तरकारी खेती गर्नका लागि स्थानीय जातका ५ वटा गाई समेत पालन गरिएको उत्तम मार्ग साना किसान सहकारीका अध्यक्ष बालकृष्ण देउजाले जानकारी दिए । यस प्रविधिबाट गरिएको तरकारी खेतीले स्थानीयको आयआर्जनमा ठूलो टेवा पु¥याउने सिडेकका अध्यक्ष फइन्द्र तामाङले बताए । उनी तरकारी खेतीबाट उत्पादन दिन थालेपछि तरकार िखेती गर्ने किसानले लाखौँ रुपैयाँ गाउँ भित्र्याउने दावी गर्छन् । – तिलक पुरी

प्रकाशित मिति: आइतवार, मंसिर १४, २०७१