बिहिबार, बैशाख २०, २०८१

बाख्रा गाउँ अभियान सुरु

स्याङ्जा, १० मंसिर । सबै गाविस र नगरपालिकामा बाख्रा पालन गर्ने उद्देश्यले स्याङ्जामा बाख्रा गाउँ अभियान सुरु भएको छ । ५७ गाविस, तीन नगरपालिकामा ६० वटा बाख्रा गाउँ बनाउन अभियान सुरु गरिएको हो । जिल्लाका झन्डै तीन सय कृषकलाई सहभागी गराई कृषि प्राविधिक र स्थानीय कृषकको सक्रियतामा यो अभियान थालिएको हो ।

‘बाख्रा पालनका लागि आवश्यक ज्ञान र तालिम नहुँदा यो पेसा फस्टाउन सकेको छैन,’ अभियान संयोजक सुशील अर्यालले भने, ‘बेरोजगार रहेका युवालाई प्रोत्साहित गरी बाख्रा पालन गराउने योजना छ ।’ बाख्रा गाउँमा उन्नत जातको बोयर बाख्रा पालिने योजना छ । जिल्ल्ाामा अहिले सानाठूला गरी झन्डै ५ दर्जन कृषि फार्म छन् । केही वर्षयता युवाले सामूहिक रूपमा कृषि फार्म गर्ने लहर बढेको हो । वालिङ १०, पेखुमा गण्डकी बेयर एन्ड बिड कृषक समूहले बेयर जातको उन्नत जातको बाख्रा पालन गरेपछि अन्य ठाउँमा समेत उन्नत जातको बाख्रा पालन सुरु भएको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७१