शुक्रबार, बैशाख २१, २०८१

कृत्रिम गर्भाधान गर्ने उत्कृष्ट प्राविधिक पुरस्कृत

बेलौरी (कञ्चनपुर), १० मङ्सिर । जिल्ला पशु सेवा कार्यालय कञ्चनपुरले पशुमा उत्कृष्ट कृत्रिम गर्भाधान गर्ने प्राविधिकलाई हिजो यहाँ पुरस्कृत गरेको छ । सो कार्यालयका योजना प्रमुख तथा सूचना अधिकारी शङ्करदत्त जोशीले जिल्लाका १२ प्राविधिकलाई पुरस्कृत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी कार्यालयमा कार्यरत छ र निजी भेटफार्ममा कार्यरत छजनालाई नगद पुरस्कार प्रदान गरिएको छ । कृत्रिम गर्भाधान गर्ने सबैभन्दा बढी सङ्ख्याका आधारमा पुरस्कृत गरिएको पशु सेवा कार्यालयले जनाएको छ । काममा खटिने प्राविधिकको हौसला बढाउनसमेत पुरस्कृत गरिएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा मदनसिंह धामीले बताउनुभयो । सरकारीतर्फ क्रमशः प्रथम अर्जुन सिंह कार्की रु पाँच हजार, द्वितीय मानबहादुर केसी रु चार हजार र तृतीय अनिता केसीलाई रु तीन हजार प्रदान गरिएको छ । यस्तै निजीतर्फ क्रमशः प्रथम धनिराम चौधरी रु पाँच हजार, द्वितीय लक्ष्मी बराल रु चार हजार र तृतीय अनुप चौधरीले रु तीन हजार पुरस्कार प्राप्त गरेका छन् । यसैगरी तीन सरकारी÷तीन निजी क्षेत्रका प्राविधिकलाई सान्त्वनास्वरुप रु एक÷एक हजार पुरस्कार प्रदान गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले आव २०७०÷०७१ मा १२ हजार नौ गाई तथा भैँसीमा कृत्रिम गर्भाधान गरेको पशु सेवा कार्यालयका प्रमुख धामीले जानकारी दिनुभयो । कृत्रिम गर्भाधानका कारण दूध उत्पादनमा वृद्धि भएको धामीको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७१