शनिबार, बैशाख १५, २०८१

कालिकोटलाई अन्न बाली मुक्त जिल्ला बनाउने

kalikotकालिकोट, २ मंसिर । परम्परागत कृषिलाई विस्तारनै न्यूनिकरण गर्दै व्यवसायिक रुपमा तरकारी खेती गरी जीवनस्तर सुधार्न सकिने भएकाले व्यवसायिक रुपमा अगाडि बढ्न मध्यपश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालयका क्षेत्रीय निर्देशक अच्चुतप्रसाद ढकालले कालिकोटका किसानहरुलाइै आग्रह गरेका छन् ।
कालिकोट जिल्लामा कृषि विकास कार्यालयले सञ्चालन गरेका विभिन्न कृषि कार्यक्रममको अनुगमन तथा निरिक्षण गर्न आज कालिकोट पुगेका क्षेत्रीय निर्देशक ढकालले सो कुरा बताएका हुन् । सो क्रमका जिल्ला कृषि विकास कार्यालय कालिकोटले व्यवसायिक रुपमा तरकारी खेती गर्ने किसानहरुलाई १० वटा पोलिहाउ, ५० वटा तरकारी राख्ने क्यारेट एवं एउटा पावर मिनी टेलर समेत वितरण गरेको थियो ।
सो कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत बासुदेव शर्मा पोखरेलले कालिकोट जिल्लालाई अन्नवाली मुक्त जिल्ला बनाई व्यवसायिक रुपमा तरकारी खेतीमा आत्मनिर्भर बनाउन आफूलागि परेको बताए । नेपालगञ्ज लगायतका जिल्लामा तरकारीको मौसम नह“ुदा कालिकोटमा तरकारीको मौसम हुने भएकाले बजारीकरणमा लागि अत्यन्तै सहज हुने भएकाले पनि किसानहरुले परम्परागत अन्न बाली गर्नु भन्दा व्यवसायिक तरकारी खेती गर्नु पर्नेमा पोखरेलले जोड दिएका थिए ।

प्रकाशित मिति: मङ्लबार, मंसिर २, २०७१