सोमवार, बैशाख २४, २०८१

राप्तीका किसानले हिउँदे बालीको मूल बीउ उत्पादन गर्ने थाले

तुलसीपुर (दाङ), २६ कात्तिक । यहाँका किसानले उत्पादन गरेको उन्नत जातका तरकारी तथा खाद्यान बालीको मूल बीउको माग बढेको छ । राप्ती अञ्चलका किसान तथा कृषि प्राविधिकले दाङको तुलसीपुरमै सबै नगदे तथा हिउँदे बालीको मूल बीउ उत्पादन गर्ने थालेपछि दाङलगायत देशैभर त्यसको माग बढेको हो । अहिले यहाँका उन्नत जातका बीउबिजनको माग बढेपछि बजारमा पु¥याउनै हम्मेहम्मे भएको रुकुमेली एग्री सिड सेन्टरका अध्यक्ष निर्मलकुमार आचार्य बताउनुभयो । तुलसीपुरमा रुकुमेली एग्रि सिड सेन्टर स्थापना गरी राप्ती अञ्चलमा उत्पादन हुने विभिन्न दलन तथा खाद्यान बालीको मूल बीउबिजन प्याकिङ गरी हाल काठमाडाँै, पोखरा विराटनगर तथा पश्चिम महाकाली हँुदै भारतसम्म यहाँको बीउबिजनको माग दिनप्रतिदिन बढ्दै गएको प्राविधिक माधव केसीले बताउनुभयो । स्थानीय किसानले उत्पादन गरेको बीउबिजन यहाँका किसानलाई न्युनतम मूल्य लिएर आफूहरूले कम मूल्य तथा गुणस्तरीय उन्नतजातको बीउबिजन दिने गरेको उहाँले उल्लेख गर्नुभयो । राप्ती अञ्चलका सात किसानले करिब रु २५ लाखको लागतमा सञ्चालनमा गरेको सिड सेन्टरले हाल विभिन्न किसिमका ‘प्याकिङ’का मेसिनसमेत ल्याएको र मकै धानलगायतका बीउबिजन उत्पादनका लागि जग्गा भाडामा लिएर मूल बीउ उत्पादन गर्ने गरेको बताइएको छ । -कृसा

प्रकाशित मिति: बुधबार, कार्तिक २६, २०७१