शुक्रबार, बैशाख १४, २०८१

यस वर्ष तीन करोडको गहुँको बीउ वितरण गरिने

जनकपुरधाम, २६ कात्तिक । राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरले यस वर्ष किसानलाई करिब रु तीन करोड मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षमा धनुषा, महोत्तरी र सार्लहीका किसानलाई रु तीन करोड मूल्य बराबरको ७२५ मेक्ट्रिक टन उन्नत जातको गहुँको बीउ वितरण गर्ने सो कार्यालयले जनाएको छ । राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेड जनकपुर शाखामार्फत तीनवटै जिल्लाका किसानलाई सो मूल्य बराबरको गहुँको बीउ वितरण गर्ने कार्यालयका प्रमुख रामबाबु महतोले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष ती जिल्लामा रु पाँच करोड २४ लाख बराबरको ९३५ मेट्रिक टन गहुँको बीउ बिक्री गरिए थियो । तीनवटै जिल्लामा रहेको ५० वटा अधिकृत विक्रेतामार्फत गहुँको बीउ वितरण गर्ने बताइएको छ । शाखामा अहिले करिब २०० मेट्रिकटन बीउ मौजदात रहेको र अन्य बीउ आउने क्रम जारी रहेको छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक २६, २०७१