आइतवार, जेष्ठ ६, २०८१

परम्परागत आलुखेतीमा परिवर्तन ल्याउन तालिम

बनेपा, २६ कात्तिक । परम्परागत रुपमा आलुखेती गरेका कृषकलाई खेती गर्ने तरिकामा परिवर्तन ल्याउन आजदेखि धुलिखेलमा आलुखेती विकास तालिम सुरु भएको छ । तालिमबाट उनीहरूले आलुखेतीमा नयाँ प्रविधि, आलुमा लाग्ने रोग किराको व्यवस्थापन, आलुको बीउ उत्पादन, बजारीकरणलगायतका विषयमा जानकारी हासिल गर्ने छन् । राष्ट्रिय आलु विकास कार्यक्रम खुमलटार र जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका प्राविधिकले कृषकलाई तालिममा सहजीकरण गर्ने छन् । यो तालिमबाट कृषकले प्रशस्त मात्रामा लाभ उठाउन सक्छन् जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि अधिकृत दीपक पौडेलले भने । उनले कृषकले आलुको बीउ आफँै उत्पादन गर्ने वातावरण तय गर्न तालिम प्रभावकारी हुने बताए ।
काभ्रेपलाञ्चोकको पाँचखाल, कुसादेवी, ¥याले, महादेवस्थान, उग्रचण्डीनालालगायतको क्षेत्र आलु उत्पादनको पकेट क्षेत्र मानिन्छ । बीस जना अगुवा कृषकको सहभागिता रहेको सो तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । जिल्लामा अहिले सयाँै मेट्रिक टन आलु उत्पादन हुँदै आएको छ र त्यसबाट स्थानीयवासीले आयआर्जन गर्दै आएका छन् । – कृसा

प्रकाशित मिति: बुधबार, कार्तिक २६, २०७१