शनिबार, बैशाख २२, २०८१

काभ्रेमा धानको उत्पादन पाँच प्रतिशतले बढ्ने

101

काभ्रे, १४ कात्तिक । काभ्रेपलाञ्चोक जिल्लामा यस वर्ष झन्डै पाँच प्रतिशतले धानको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

जिल्ला कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका वरिष्ठ कृषि विकास अधिकृत दीपक पौडेलका अनुसार जिल्लाको मौसम अनुकूल भएको र हाइब्रीड जातको धान प्रयोगमा कमी भएकाले धानको उत्पादन बढ्ने भएको हो ।
मकवानपुर ४, मालिका, खुमल ४ लगायतका उन्नत जातका धानको खेती हुने सो जिल्लामा कुल ११ हजार ३१० हेक्टर क्षेत्रफलमा ३७ हजार नौ मेट्रिकटन धान गत वर्ष उत्पादन भएको कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकको भनाइ छ ।
अहिले धानको बीउ प्रतिस्थापन भएकाले पनि उत्पादन बढ्छ वरिष्ठ अधिकृत पौडेलले भन्नुभयो ।
जिल्लाको फूलबारी दाप्चा, कुशादेवी, पनौती नगरपालिका क्षेत्र, महादेवस्थान, उग्रचण्डी नाला, जनागाललगायतका क्षेत्र धान उत्पादनका पकेट क्षेत्र मानिन्छन् ।
यता कृषकले भने केही साताअघि आएको वर्षाका कारण उत्पादन भएको धानको क्षति भएको जनाएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १४, २०७१