शनिबार, बैशाख २२, २०८१

विदेश जानबाट रोक्न अनुदान

 

नवलपरासी, १२ कात्तिक । जिल्ला कृषि विकास कार्यालयले विदेश जाने र विदेशबाट फर्किएका युवालाई लक्षित गरी विभिन्न कृषि कार्यक्रम ल्याएको छ ।
कार्यालयले व्यावसायिक तरकारीखेती, मौरीपालन, च्याउखेती र माछापालनमा अनुुदान ल्याएको हो ।
कार्यक्रमका लागि इच्छुक युवासँग आवेदन माग गरी सकिएको कार्यालयले जनाएको छ । आवेदनसँगै राहदानीको फोटोकपिसमेत मागिएको कार्यलयका योजना अधिकृत शिव चौधरीले बताउनुभयो ।
जिल्लाका ६० जना व्यावसायिक तरकारीखेती गर्ने युवालाई रु ६० हजारका दरल,े ४० जनालाई रु ४० हजारका दरले र मौरीपालनमा रु एक लाख ८० हजारका दरले अनुदान उपलब्ध गराइनेछ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १२, २०७१