शनिबार, बैशाख २२, २०८१

एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू

अत्तरिया (कैलाली), १२ कात्तिक । जिल्लाको अत्तरिया नगरपालिकास्थित श्रीपुरमा सञ्चालित साना किसान कृषि सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्षदेखि एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरेको छ । सो कृषि सहकारीले अत्तरिया नगरपालिकाका तीनवटा वडामा उक्त कार्यक्रम लागू गरेको संस्थाका अध्यक्ष नन्दलाल भट्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार साना किसानलाई सहुलियतरुपमा ऋण प्रवाह गरेर उनीहरूको आर्थिक अवस्था सुधार गर्न एक घर एक गाई, एक भैंसी कार्यक्रम लागू गरिएको हो । साना किसान कृषि सहकारी संस्था श्रीपुरले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा पाँच सय किसानलाई एक गाई एक भैंसी वितरण गरिने लक्ष्य रहेको छ । सरकारको मासुजन्य पशुपालन कार्यक्रमअन्तर्गत एक घर पाँच बङ्गुर, एक घर एक पोखरी र मासुजन्यमा एक जनालाई रु दुई लाखसम्म ऋण दिइने संस्थाका व्यवस्थापक टेकराज भट्टले बताउनुभयो । -कृसा

प्रकाशित मिति: बुधबार, कार्तिक १२, २०७१