शुक्रबार, बैशाख २१, २०८१

प्राङ्गारिक स्याउबाट रु १० करोड आम्दानी

जुम्ला, ७ कात्तिक । जुम्लामा उत्पादित प्राङ्गारिक स्याउ निर्यात क्रम निरन्तर रहेको छ । यही कात्तिक पहिलो सातासम्म जुम्लेली स्याउ कृषक रु १० करोड बराबरको आम्दानी लिन सफल भएका छन् । स्याउ मालबाहक गाडीमा मात्र नभएर यात्रुबाहक बसमा पनि गएको पाइन्छ । दैनिक तलतिर झर्ने एक यात्रुले करिब पाँच किलोदेखि माथि आफ्नो हैसियतले भ्याएसम्मको स्याउ लिने गरेको जिल्ला कृषि विकास कार्यालयका निमित्त कार्यालय विष्णुबहादुर महतले जानकारी दिनुभयो । महतका अनुसार स्थलमार्गबाट दुई हाजर ५०० मेट्रिकटन स्याउ निर्यात भएको तथ्याङ्क अद्यावधिक भएको तर हवाईमार्गबाट कति गएको छ भन्ने तथ्याङ्क आएको छैन । यस वर्षको स्याउ उत्पादनले जुम्लेली अन्य किसानलाई पनि स्याउ खेतीमा उत्प्रेरित गराएको छ । चालु आवमा रु १६ करोड आम्दानी लिन सक्ने देखिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ७, २०७१