शुक्रबार, जेष्ठ ४, २०८१

पाँचथरमा मिठाइको कारोबार बढ्यो

 

sweetsफिदिम, ८ कार्तिक । अखाद्य पदार्थ मिसाउने गरेका कारण मिठाई किन्दा होसियार हुनु पर्ने उपभोक्ताहरुलाई सचेत गराउँदा पनि पाँचथरको फिदिम बजारमा भने मिठाईको कारोबार बढेको छ । यसले मिठाईप्रति उपभोक्ताको रुचि बढी देखिएको छ । भाईटिकाका दिनमा लागि मिठाइको कारोबार पनि बढेको छ व्यापारीहरुले बताउन थालेका छन् ।
पूर्वाञ्चलको पहाडी जिल्लामा मिठाईको गुणस्तर अनुगमन नहुने गरेका कारण व्यापारीहरुले उपभोक्ताहरुलाई आकर्षित गर्न रङ्गीचङ्गी अखाद्य पदार्थ प्रयोग गर्दा पनि मिठाईको कारोबार भने घटेको छैन ।
विगतका वर्षको तुलनामा यसपालिको दिपावलीमा मिठाईएको बिक्री बढेको फिदिम मेनलाइका मिष्ठान्न भण्डारका सञ्चालकले बताए ।
मिठाइको कारोबार बढेर दैनिक रु चार÷पाँच हजारसम्मको मिठाइ बिक्री हुने गरेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक ८, २०७१