शुक्रबार, बैशाख २१, २०८१

उत्कृष्ट ‘राष्ट्रपति कृषक’ पुरस्कार प्रदान

विराटनगर, ४ कात्तिक । ‘पारिवारिक खेती सबैलाई खुवाऔँ, पृथ्वी जोगाऔं’ नाराका साथ ३४औं विश्व खाद्य दिवसको उपलक्ष्यमा आज यहाँ प्रवचन पुरस्कार वितरण कार्यक्रम आयोजना गरियो । जिल्ला कृषि विकास कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रममा यस वर्षको उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट विनय च्याउ उद्योग उर्लावारीका उदयचन्द श्रेष्ठ, मातृभूमि ग्रीन चिया उद्योग सिंहदेवीका नारायण राई र सयपत्री बीउ उत्पादन समूह अध्यक्ष ववियाविर्ताका कर्णबहादुर थापालाई रु १० हजार नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरियो । यस्तै, जिल्लास्तरीय माध्यामिक निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने क्रमशः एभरेष्ट बोर्डिङ स्कुलकी छात्रा प्रिती झा, सोही विद्यालयका आयुश श्रेष्ठ र सत्यनारायण माविका मनोज मेहता र जागृती कुमारी कामतलाई क्रमशः रु दुई हजार, एक हजार ५०० र रु एक हजार नगदसहित प्रमाणपत्र प्रदान गरियो । – कृस

प्रकाशित मिति: मङ्लबार, कार्तिक ४, २०७१