बिहिबार, बैशाख २७, २०८१

दार्चुलामा निःशुल्क गहुँको बीउ वितरण

wheat

दार्चुला, ४ कात्तिक । जिल्ला कृषि विकास कार्यालय दार्चुलाले निःशुल्क रुपमा गहुँको बीउ वितरण गर्न सुरु गरेको छ ।
जिल्लाको हावापानी सुहाउँदो उन्नत जातको बीउ सिफारिस भई आएअनुसार सोमबारबाट वितरण गर्न सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय दार्चुलाले जनाएको छ ।
दार्चुलाका लागि ५० क्विन्टल गौतम तथा डब्ल्यु के १२०४ जातको बीउ निःशुल्क वितरण भइरहेको कृषि प्रसार अधिकृत इन्द्रसिंह ठगुन्नाले जानकारी दिनुभयो ।
यसैगरी विज वृद्धिका लागि जिल्लामा आएको तीन क्विन्टल बीउ कृषकलाई २५ प्रतिशत अनुदानमा उपलब्ध गराइनेसमेत उहाँले बताउनुभयो । विज वृद्धिको बीउबाट उत्पादित बीउ आगामी वर्ष कृषकबाट उचित मूल्यमा जिल्ला कृषि कार्यालय दार्चुलाले खरिद गर्नेसमेत प्रसार अधिकृत ठगुन्नाको भनाइ छ ।
गहुँको बीउ कृषि सेवा केन्द्र लाली, गोकुलेश्वर, लटिनाथ, हुती तथा सम्पर्क केन्द्र शङ्करपुर र सिप्टीबाट समेत वितरण भइरहेकाले समयमै बीउ लिई उत्पादन बढाउन सबै कृषकलाई जिल्ला कृषि विकास कार्यालयले कृषकलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ४, २०७१