आइतवार, बैशाख १६, २०८१

हाटबजार पुनः सञ्चालनले कृषक उत्साहित

कञ्चनपुर, २ कात्तिक । कञ्चनपुरको दक्षिण क्षेत्र बेलौरी नगरपालिका वडा नं. ११ कलकत्तामा बन्द रहेको हाटबजार पुनः सञ्चालनमा आएपछि कृषक उत्साहित भएका छन् । हाटबजार सञ्चालनले कृषिउपज र तरकारी सहजै बिक्री हुन थालेपछि यस क्षेत्रका कृषकले सहजता महसुुस गरेका छन् । कलकत्ता बजार व्यवस्थापन समितिले आफ्नै पहलमा एक दशकअघि हाटबजार सञ्चालनमा ल्याएको थियो । तर यसको व्यवस्थापन कार्यलाई अगाडि बढाउन नसक्दा पाँच वर्षअघि देखि हाटबजार लाग्ने कार्य बन्द भएको थियो । अमेरिकी सहयोग नियोग (युएसआइडी)को सहयोगमा पुनः हाटबजार सञ्चालनमा आएपछि स्थानीय कृषकले उत्पादन गरेको कृषि उपज, तरकारी, माछा र मासु बिक्री हुन थालेको स्थानीय कृषक अमर सिं रानाले बताउनुभयो । हाटबजार बन्द हँुदा धेरैले गर्दै आएको तरकारी खेती र माछापालनको कार्य छाडेका थिए । उहाँले भन्नुभयो–“हाल हाटबजार सञ्चालनले कृषक पुनः व्यावसायिक कार्यमा संलग्न हुन थालेका छन् ।” हाटबजारमा कृषकले बजारको तुलनामा १० प्रतिशत छुटमा वस्तु बिक्री गर्ने गरेकाले व्यापारमा बढोत्तरी हुने गरेको कालुराम चौधरीले बताउनुभयो । हाटबजारमा प्रतिहप्ता १० लाखभन्दा बढीको कारोबार हुने गरेको कृषकको भनाइ छ । कृसा

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७१