बिहिबार, चैत्र १५, २०८०

धानका लागि तीन देशको सम्झौता

काठमाडौं,२ कार्तिक । अन्तर्राष्ट्रिय धान अनुसन्धान इष्टिच्यूटको संयोजनमा नेपाल भारत र बंगलादेशका कृषि सचिवहरु वीच उन्नत जातको धानको बीउ एक्सचेन्स र अनुसन्धानका गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौतामा उन्नत जातको धानको बीउको अनुसन्धान गरी गुणस्तरीय बीउ एकदेशले अर्कोदेशलाई उपलब्ध गराउने गरी सहमति गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ । कार्तिक १ गते भएको सो सम्झौतामा नेपालका कृषि सचिव जयमुकुन्द खनाल, भारतका कृषि सचिव आशिश बौगुना र बंगलादेश कृषि सचिव क्।ः। ल्बशmभष्किबिm ले हस्ताक्षर गर्नु भएको हो । प्रमुख खाद्यबालीका रुपमा रहेको धानबालीका लागि यो सम्झौताले तीनवटै देशमा गुणस्तरीय धानबाली उत्पादन गर्न मद्दत पुग्ने बताइएको छ ।
नेपालको सो सम्वन्धी कार्य नार्कले गर्ने छ । सो कार्यक्रममा अन्तर्राष्ट्रिय धान अनुसन्धान इक्ष्टिच्यूटका महाप्रवन्धक म्च। च्यदभचत क।शभष्नभिच को समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतवार, कार्तिक २, २०७१