शुक्रबार, चैत्र १६, २०८०

बार्षिक एक अर्व १५ करोडको फूलको कारोबार

godawari

काठमाडौं, १ कार्तिक । फस्टाउँदै गएको पुष्प व्यवसायको गुणात्मक बृद्धि भएको भन्दै कृषि सचिव जयमुकुन्द खनालले खुशी व्यक्त गरेका छन् । गोदावरी पुष्प मेलाको उद्घाटन गर्दै कृषि सचिव खनालले सो खुशी व्यक्त गरेका हुन् ।
पछिल्लो समयमा पुष्प व्यवसाय फस्टाउँदै गएको र यसले गुणात्मक रुपमा गरेको प्रगतिको खनालले खुलेरै प्रशंसा गरे ।
कार्तिक ३ गतेसम्म चल्ने सो पुष्प मेलामा ३० लाख बराबरको कारोबार हुने बताइएको भएपनि पुष्प मेलामा पुष्प उत्पादनमा आकर्षण गर्ने कार्यका लागि खासै कार्यक्रम भने देखिएको छैन । नेपालमा बार्षिक १ अर्व १५ करोडा रुपैयाँ बराबरको कारोबार पुष्प व्यवसायमा हुने गरेको देखिएता पनि त्यसका लागि परर्निभर हुनु परेको व्यवसायीहरु नै बताउँछन् ।
पुष्प मेलाले तिहारलाई लक्षित गरी सोही पर्वका प्रयोग हुने गोदावरी, मखमली, सयपत्री लगायतका फूलको बढी व्यापार गर्ने योजनामा आयोजकहरु रहेको देखिन्छ । तर नेपाली पहिचान सहित अन्तर्राष्ट्रिय बजारमा नेपाली फूललाई स्थापित गराउने तर्फ खासै चासो दिएको पाईदैन ।

प्रकाशित मिति: शनिबार, कार्तिक १, २०७१