शनिबार, बैशाख १५, २०८१

वर्षाबाट कतै फाइदा कतै नोक्सान

विराटनगर, २९ असोज । गएराति परेको मुसलधारे वर्षाले पूर्वी क्षेत्रमा धानबालीलाई क्षति पु¥याएको छ । यस वर्ष रोपाइँ गर्ने बेलामा वर्षा नभएका कारण पूर्वी क्षेत्रका अधिकांश असिञ्चित क्षेत्रमा धान रोप्न ढिलो भएको थियो । त्यसैले अगहनीलगायतका धानबालीका लागि भने यो वर्षा फाइदाजनक भएको किसान रामचन्द्र पण्डितले बताउनुभयो । वर्षाले आलुबालीका साथै तरकारी बालीमा पनि प्रतिकूल असर गरेको छ ।

प्रकाशित मिति: बुधबार, अशोज २९, २०७१