बिहिबार, बैशाख २७, २०८१

खाद्य सुरक्षा जोगाउन प्रभातफेरी

ST-llitpur-prabhatphariचापागाउँ (ललितपुर), २९ असोज । पारिवारिक खेती ः सबैलाई खुवाऔँ, पृथ्वीलाई जोगाऔँ भन्ने नाराका साथ आज प्रभातफेरी कार्यक्रम गरिएको छ । चौतीसौँ विश्व खाद्य दिवसको अवसरमा विश्व खाद्य दिवस समिति नेपालद्वारा आयोजना गरिएको सो ¥यालीमा कृषि विकास मन्त्री हरिप्रसाद पराजुली, राष्ट्रिय योजना आयोगका सदस्य डा भारतेन्द्र मिश्र, कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसीलगायत सरोकारवालाको सहभागिता थियो । ¥यालीको उद्घाटन गर्दै मन्त्री पराजुलीले विश्वभरि भोकमरीको चपेटाबाट जीवन गुजारी रहेकालाई सो समस्याबाट मुक्त पार्न यस प्रकारको कार्यक्रमबाट थप मद्दत मिल्ने बताउनुभयो । साथै भोकमरी समस्यालाई अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घ, विश्व खाद्य सङ्गठनले गर्दै आएको सहयोग आगामी दिनमा निरन्तर रहने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा मिश्रले भोकमरीको समस्यालाई हटाउन कृषि उत्पादनमा अत्यधिक वृद्धि ल्याउन ठोस कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसीले नेपालका किसानमा न्युनतम आधा हेक्टर जमिन रहेको सन्दर्भमा यसलाई पारिवारिक खेतीमा ल्याउन सकेमा वास्तविक खाद्य क्षेत्रमा उपलब्धि हुने बताउनुभयो । उक्त ¥याली कृषि विभागको कार्यालय पुल्चोक हरिहरभवनबाट सुरु भई थापाथली चोक हुँदै विभागको कार्यालयमा पुगेर समापान भएको थियो ।

प्रकाशित मिति: बुधबार, अशोज २९, २०७१