आइतवार, बैशाख २३, २०८१

बीस वर्ष अध्यापन अहिले बाख्रापालन

बागलुङ, २० असोज । यहाँका एक पूर्व शिक्षकले व्यावसायिक बाख्रापालन सुरु गरेको एक वर्षमै राम्रो कमाई गर्न सफल हुनुभएको छ । बागलुङको मल्म–१ छिसका ४३ वर्षीय मित्र खरेलले स्थापना गरेको खरेल बाख्रा उत्पादन फार्मबाट वर्ष दिनमै रु एक लाखभन्दा बढी आम्दानी भएको हो ।

रु ३goats० हजारको लगानीमा व्यवसाय सुरु गर्नुभएका खरेलको फार्ममा अहिले स्थानीय खरी जातका ८० वटा बाख्रा छन् ।
बाख्रापालक किसान सङ्घ बागलुङका अध्यक्षसमेत रहनुभएका खरेलले २० वर्षसम्म अध्यापन पेसामा संलग्न रहेर अवकाश लिएपछि कृषि पेसामा लाग्नुभएको हो । रिघा गाविसको सरस्वती प्राथमिक विद्यालयमा खरेलले २० वर्षसम्म पढाउनुभएको थियो ।
व्यवसाय विस्तार गरेर ३०० बाख्रा पु¥याउने लक्ष्य खरेलको छ । खरेल र उहाँकी श्रीमती सीता मिलेर बाख्रापालन व्यवसायलाई अघि बढाउनुभएको हो । “बाख्रापालन व्यवसायबाट राम्रो कमाई हुने देखेर नै मैले यसैलाई रोजेँ, सुरु गरेको एक वर्षमै मैले रु एक लाखभन्दा बढीका बाख्रा बेचिसकेको छु”, खरेलले भन्नुभयो, “मसँग अहिले फर्ममा रु तीन लाखबराबरको बाख्रा छन् ।”
व्यवसायसँगै खरेलले अध्ययनलाई पनि अघि बढाउनुभएको छ । गत वर्ष उहाँले काँडेबासमा रहेको जनजागृति उच्च माध्यामिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरिसक्नुभएको छ । अब बिएडको पढाइ सुरु गर्ने खरेलले बताउनुभयो । सात सन्तानका पिता रहनुभएका खरेलले बाख्रापालन र अन्य कृषि उत्पादनको बिक्रीबाट भएको आम्दानीले परिवारको सम्पूर्ण खर्च र व्यवहार चलेको उल्लेख गर्नुभयो ।
बाख्रापालन व्यवसायसँगै उहाँले तरकारीखेती पनि गर्दै आउनुभएको छ । करिब तीन रोपनी क्षेत्रफलमा बेसारखेती गर्दै आएको खरेलले जानकारी दिनुभयो । गत वर्ष एक क्विन्टल बेसार बेचेको उहाँको भनाइ छ । धुलो बेसार प्रतिकिलो रु ५०० मा बिक्री हुने गरेको खरेलले जानकारी दिनुभयो

प्रकाशित मिति: सोमवार, अशोज २०, २०७१