आइतवार, बैशाख २३, २०८१

पशु पालनबाट आमूल परिवर्तन

इटहरी, १८ असोज । मोरङ जिल्लाको सुन्दरपुर गाविसको वस्तुस्थितिमा आमूल परिवर्तन ल्याउन पशुपालन व्यवसायले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ
परम्परागत पशुपालन र कृषि पेसामा संलग्न रहँदै आउँदा सुन्दरपुरवासीलाई वर्षभरि खान पनि नपुग्ने अनि खसी, बाख्रा, कुखुरा र बङ्गुर बेचेर परिवारका मानिसलाई नयाँ कपडासम्म फेर्न नपुग्ने र छोराछोरीलाई राम्ररी पढाउनसमेत हम्मेहम्मे नै पथ्र्यो । तर अहिले हरेक घरपरिवारले रु दुईदेखि रु तीन लाख आम्दानी नगर्ने त कुनै घरपरिवार नै छैनन्भन्दा पनि फरक पर्दैन ।
goatsहेफर इन्टरनेसनलको झन्डै रु चार करोड आर्थिक सहयोगले ग्रामीण गरिबी निवारणको उदाहरणीय अभियान चलिरहेको छ । कोही उन्नत नश्लको जमुनापारी जातका बाख्रापालन गरेर मनग्य आम्दानी लिइरहेको छन् । कोही उन्नत जातका बङ्गुरपालनमा त कोही उन्नत जातका गाईभैँसीपालन गर्दै समूहमार्फत प्रत्येक घरपरिवारमा आर्थिक सम्पन्नता सिर्जना गर्न एकापसमा हातेमालो गरिरहेका छन् । जसका कारणले अहिले सुन्दरपुरवासी अन्य जिल्लाको किसानका लागि अध्ययन गर्ने स्थानका रूपमा विकास भएर आएको छ ।
कतिपयले उन्नत जातको घाँसखेती लगाएरै पनि आफ्नो खस्कँदो पारिवारिक जीवनमा आमूल परिवर्तन गरेर उदाहरणीय कार्य गरेर देखाइदिएका छन् । समूहमा आबद्ध हुने र समूहमा नै रमाउने अनि बचत गर्ने र एकापसमा समूहमार्फत सबैलाई समान हिसाबले अघि बढ्न प्रेरणासमेत दिँदै अघि बढेका दिदी समूह र बहिनी समूहबीच औधी राम्रो सम्बन्धकै कारणले अहिले सुन्दरपुरवासी समुन्नत पारिवारिक समुदाय बसोवास भएको गाउँका रूपमा रूपान्तरण भएका छन् ।
यही मेलमिलाप, सहकार्य र उन्नत नश्लका पशुपालन तथा खेती प्रणालीमा अपनाएको नयाँ प्रविधिकै कारणले यो वर्षको हेफर इन्टरनेसनल पुरस्कारसमेत पूर्वाञ्चल महिला समूहकी अध्यक्ष भगवती पराजुलीलाई प्राप्त भएको छ । उनको समूह र उनले रु ७० हजार नगद पुरस्कार जितेर सुन्दरपुरवासीमा हौसला थप्न पुग्नुभएको छ ।
अहिले विदेश गएका युवा पनि आफ्नो गाउँमा फर्किएर हेफर इन्टरनेसनलको सहयोगमा चलेको उन्नत पशुपालन तथा कृषि सुधार अभियानमा लागेर बर्सेनि रु दुईदेखि रु तीन लाखसम्म सहज रूपमा आम्दानी गरेर गाउँलाई नै हराभरा बनाइसकेका छन् ।

प्रकाशित मिति: शनिबार, अशोज १८, २०७१