शनिबार, जेष्ठ ५, २०८१

डा भट्टराई व्यावसायिक बाख्रा पालनतिर

baburamगोरखा, १८ असोज  । एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले गृह जिल्ला गोरखाको खोप्लाङमा व्यावसायिक बाख्रापालन गर्ने तयारी गर्नुभएको छ । बाख्रापालनका लागि दीपेशराजु स्मृति कृषि सहकारी गठन गरेर उहाँले खोप्लाङ–४ को बेलबासका स्थानीय बासिन्दासँग मिलेर बाख्रा पाल्ने तयारी गर्नुभएको हो । सहकारीका सल्लाहकारमा  पूर्वप्रधानमन्त्री डा भट्टराई र अध्यक्षमा छोरी मानुषी यमी हुनुहुन्छ ।  सहकारीको पहिलो साधारणसभा आज उहाँको जन्मगाउँ बेल्वासमा भएको एमाओवादीले जनाएको छ । सहकारीमा बेल्वासका २९ स्थानीय बासिन्दा सदस्य छन् । सहकारीको उद्घाटन गर्दै डा भट्टराईले व्यावसायिकक पशुपालनले परिवारको मात्रै नभई देशकै आर्थिक स्थिति बलियो हुने विश्वास व्यक्त गर्दै कृषिलाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । सो सहकारीले बाख्रा पाल्नका लागि खोप्लाङमा ३८ रोपनी क्षेत्रफलको पाखो जमिन भाडामा लिएको छ । उक्त जमिनमा घाँसखेती गरिएको छ । – कृषि

प्रकाशित मिति: शनिबार, अशोज १८, २०७१